अत्यावस्यक सेवामा खटिने कर्मचारीको कोरोना विमा गरियोस- कर्मचारी संघ

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियन कर्मचारी संघले कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा महसुल संकलन र मिटर रिडिङ लगायत अत्यावस्यक सेवामा खटिएका कर्मचारीको ‘कोरोना बीमा’ गर्न माग गरेको छ । संघले आइतबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग राखेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अति अावस्यक सेवामा सम्पुर्ण सुरक्षाका उपकरण दिएर मात्र कार्य सञ्चालन गरि त्यस्तो सेवामा खटिएका कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिदिन पनि संघले आग्रह गरेको छ।

संघले अहिलेको बिषम परिस्थितीमा काउन्टरमा भिड बढाएर जोखिममा काम गर्नुभन्दा विद्युतीय माध्यमबाट महसुल तिर्न तथा मिटर रिडिङका लागि ग्राहककालाई प्रोत्साहन गर्नसमेत आग्रह गरेको छ । कर्मचारीको मनोबल उच्च राख्न तत्काल यस्ता कदम नचालिए विद्युत जस्तो अत्यावश्यक सेवाका लागि कर्मचारी काममा खटिन डराएर सेवा प्रभावित हुन सक्ने संघले दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेरा विद्यार्थीको एसईई,उनिहरुका समस्या र उब्जिएको मनोबैज्ञानिक प्रश्न ।।

Sun May 24 , 2020
  यतिबेला बिश्वभर कोरोना भाइरस फैलिरहेको छ । फलस्वरूप कोराना नियन्त्रण गर्न र कोरोना संक्रमणबाट जोगिन अहिले बिश्व बन्दाबन्दीमा छ । यतिबेला सारा बिश्व जगतको नियमित जिवनचर्या परिवर्तन नै भएको छ । कलकारखाना ठप्प छन, श्रम बजार महिनौं देखि बन्द हुँदा बिश्वमा अर्थतन्त्रको गिरावट चरम उत्सर्गमा पुगेको छ । कोरोना […]

You May Like