तुलसीपुर महोत्सवको आज अन्तिम दिन-चर्तित गायक प्रताव दासको प्रस्तुति

११-पुस,तुलसीपुर|दाङको तुलसीपुरमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवमा आज सोमबार चर्तित गायक प्रताव दास आउने भएका छन। महोत्सवको आज अन्तीम दिन गायक प्रताव दाससहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजक यूथ्स अफ तुलसीपुरले जनाएको छ ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा दिनानुदिन दर्शकहरुको बाक्लो उपसिथतीले आयोजक टिम हर्षित भएको छ । महोत्सवमा विभिन्न प्रकारका तीनसय बढी स्टलहरू राखिएको छ । महोत्सवको अन्तीम दिन आज मेलाको समापन गरीदै छ,त्यसैले आमा,बुवा,दाजुभाई,दिदी,वहिनी सम्पुर्णलाई आयोजकले उपस्थिती भै दिन समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.