निता आचार्यको “भाग्य मेरो” सार्वजनिक

भनिन्छ तन जहाँ भएपनी मन भने सदैव आफ्नै जन्मभुमि मै हुन्छ । जिवनलाई कर्मशिल बनाउनका लागि आफ्नो देश छाडेर विदेशीनु परे पनि नेपाली कला संस्कृतिलाई भुल्न निकै गाह्रो हुन्छ । बिदेशी भुमीमा रहेर नेपाली कला संस्कृति र गित संगीतलाई अत्यन्तै माया गर्ने नेपाली चेली हुन पोखरामा जन्मिएकी निता आचार्य । सानै उमेरदेखि गायनमा रुचि भएकी निता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन ।

स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गित गाएर साथिहरुलाई सुनाए पछि उनको प्रतिभा बाहिर आयो र बिद्यालयका विभिन्न संस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउन र गाउन थालिन् ।

गायन सिक्ने र एउटा राम्रो गायिका बनेर आफुलाई चिनाउने इच्छा भएकी निता विविध परिस्थितिले कक्षा दश अर्थात एस.एल.सि. पूरा गर्न साथै अमेरिका जानु पर्‍यो । तर जहाँ इच्छा त्यहा उपाय भने जस्तै अमेरिका गएर पनि नेपाली संघ संस्थाहरुले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा गित गाउन थालिन् । उनले अमेरिकामै रहेर एकजना भारतिय गुरु सँग शास्त्रीय संगीत सिक्ने अवसर पनि पाइन् र आफ्नो गायन कौशललाई अझै निखार्ने अवसर प्राप्त गरिन् ।

यति बेला यिनै निताले आफ्नै आवाजमा रेकर्डिङ गरेर “भाग्य मेरो” बोलको गित बजारमा ल्याएकी छिन । टीका कुमार पुनको शब्द, बि.बि अनुरागीको संगीत र निता आचार्यको आवाजमा रहेको “भाग्य मेरो” बोलको गित आफ्नै युट्युव च्यानल नेपाली निता ( Nepali Nita) मार्फत सार्वजनिक गरिएको छ ।

मिराज अर्यालको सम्पादन तथा छायांकन मा रिमा प्रोडक्सनद्वारा तयार पारिएको यो गितको भिडियो लाई Nepali Nita नामक युट्युव च्यानल मार्फत हेरेर माया गरिदिने सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै आफुलाई सल्लाह सुझाव र हौसला प्रदान गर्न गायिका निता आचार्यले सम्पुर्ण दर्शकहरु सँग अनुरोध गरेकी छन ।

yessc

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्शकको रोजाईमा ‘बस्तीपुर’को ट्रेलर

Wed Apr 6 , 2022
हिमाल खड्का, चैत्र २३ काठमाण्डौ  मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन । पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव […]