Featured

अद्भुत क्षमताले दुनियाँ चकित पार्दै दाङकि सावित्रा बि.क. | भिडियो सहित

हिमाल खड्का
बैशाख ५ दाङ | दाङको दङ्गिसरण गाउपालिका ०६ थपगाउकी चेली साबित्रा बि.क. अहिले आफ्नो अद्दभुत नृत्यकलाका कारण चर्चामा रहेकी छिन । नेपाली मौलिक बाजामा फरक खालको नृत्य प्रस्तुत गर्न सक्ने साबित्राले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुत गर्दै आइरहेकी छिन । घुडाले टेकेर चारैतिर घुमेर नृत्य प्रस्तुत गर्ने उनको फरक खालको नृत्य कौशल रहेको छ । सानैदेखि नाच्न भनेपछी हुरुक्कै हुने र भविस्यमा एउटा कुशल नृत्यङ्गना भएर आफ्नो ठाउँ र देशलाई परिचित गराउने लक्ष्य रहेको  उनले हामीसंग गरिएको कुराकानीमा बताएकिछिन ।

हेर्नुहोस उनिसंग गरिएको कुराकानी र उनको यो अद्दभुत नृत्य समावेश गरीएको भिडियो

रुख ढलेर घर च्याप्दा श्रीमानको मृत्यु श्रीमती घाईते, शव ३ दिनपछि निकालियो | Dang

अमृतमान वली
बैशाख ५ दाङ | दाङको बबई गाउपालिका ०१ गङ्गटेमा रुख ढलेर घर च्यापिदा एकजनाको घटनास्थलमा नै मृत्यु भयो भने एकजना घाइते भए । मिति २०७६ चैत ९ गते बर्षात संगै आएको हावाहुरीले घर नजिकै रहेको रुख ढलेर घर च्यापिदा घरभित्र खाना खादै गरेका वृद्ध दम्पतीलाई घरले पुर्यो । पुरिएर ७२ वर्षीय वृद्ध दल बहादुर परियारको घटनास्थलमै मृत्यु भयो भने उनकी श्रीमती ५८ वर्षीया झुपी परियार घाइते हुनुभएको छ । मृतक दल बहादुर परियारको शब करिव ३ दिन पछि पुरिएको ठाउबाट निकालेर दाहसंस्कार गरिएको थियो । घाइते भएकी झुपी परियारको खुट्टा भाचिएको छ तर घरको आर्थिक अबस्था एकदमै कमजोर भएको र साथसाथै देश लकडाउनमा भएका कारण पनि उहाँको उपाचार गर्न गाह्रो भएको उहाँका छोराले बताउनु भएको छ । यति ठूलो घटना भएपनी पनि कमजोर आर्थिक अबस्थाका कारण उपचार गर्न नसकेको पीडा पिडित झुपी परियार र उहाँको परिवारले यसरी व्यक्त गरेका छन ।

हेर्नुहोस भिडियोमा

समाजसेवी भिम बहादुर मरासिनीद्वारा सहयोग वितरण | प्युठान

हिमाल खडका

चैत २६ ,दाङ | कोरोना भाइरसले फैलाएको यो विषम परिस्थिति संग लड्नका लागि विभिन्न ब्यक्तिहरुले आफ्नो तर्फबाट सहयोग गरिरहेका छन । यसै क्रममा प्युठान जिल्ला सरुमारानी गाउपालिकाका समाजसेवी भिम बहादुर मरासिनी (हंसपुरे) ले आफ्नो ब्यक्तिगत तर्फबाट केही सामाग्रीहरु वितरण गर्नुभएको छ ।

भाइरसबाट उच्च जोखिम रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको लागि केही सुरक्षाका सामाग्रीहरु बितरण गर्नुभएको हो । उहाले दर्भान प्रहरी चौकी,बड्डारा प्रहरी चौकी,बाङ्गेसाल स्वास्थ्यचौकी,जसपुर स्वास्थ्यचौकी,हंसपुर स्वास्थ्यचौकी,बड्डारा स्वास्थ्य इकाई,ददरी स्वास्थ्य इकाई र किमिचौर स्वास्थ्य इकाईलाई लुज ग्लोब,सर्जिकल मास्क, सेनिटाइजर, हातधुने साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको हो ।

साथै सरुमारानी ६ का समाजसेवी युवाहरु खड्ग बहादुर पुन,भागिराम बुढा र कृष्ण बहादुर पुनको बिशेष पहलमा लक डाउनका कारण समस्यामा परेका बिपन्न,जेष्ठ नागरिक,एकल महिला हरुका करिब १२ परिवारलाई प्रति परिवार १० किलो चामल,१ लिटर तेल,१ किलो दाल , १ किलो आयोडिन नुन र नुहाउने साबुन वितरण गरिएको छ ।

इन्द्रेणी युवा क्लव भालुवाङद्वारा स्वास्थ्य सामाग्रीको वितरण

 हिमाल खडका

चैत २५ ,दाङ | दाङको भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले   विभिन्न स्वास्थ्य  बितरण गरेको  छ। राप्ति गाउपालिका भित्र रहेका लालमटिया स्वास्थ्य चौकी र  सिसहनिया स्वास्थ्य चौकीलाइ लुज ग्लोब,सर्जिकल ग्लोब,सर्जिकल मास्क,सेनिटाइजर,हाताधुने साबुन,लगायतका  सामाग्रीहरु वितरण गरेको  हो।  त्यस्तै ससस्त्र प्रहरी गण भालुवाङ, इलाका प्रहरी कार्यालय  भालुवाङ र ट्राफिक प्रहरी कार्यालय भालुवाङ  लाई पनि हाताधुने साबुन,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण  गरेको  छ।

सहयोग सामाग्रीहरु हस्तान्तरण गर्दै  अध्यक्ष भिम बहादुर  मरासिनीले यो कोरोना भाइरसको जोखिम परिस्थितिमा क्लबको तर्फबाट सानो सहयोग गरिएको र आफुले सक्दो सहयोग आगिमी दिनहरुमा पनि गर्ने जानकारी गराउनु भएको थियो।  साथै देशको यो संकटकालको सामाना गर्न सबै नेपालीहरु एकजुट भएर लाग्न र सरकारका निर्देशनहरुको  पालना गरेर होम क्वारेण्टाइनमा बसेर आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नमा मद्दत गर्न सम्पूर्णलाई आग्रह गर्नुभएको थियो ।

क्लबका सचिब जीवन शेर्पा,कोषाध्यक्ष मोहन श्रेष्ठ,वडा नम्बर १ का सदस्य गीता थापा,पत्रकार बिदुर एम.सी लगायतको रोहबरमा सामाग्रीहरु वितरण गरिएको थियो भने भालुवाङ हेल्थ  पोस्ट  इञ्चार्ज गिर बहादुर पौडेल,सिसहनिया हेल्थ पोस्ट इन्चार्ज धन बहादुर खड्का,ससस्त्र प्रहरी गण भालुवाङका  प्रमुख , इलाका प्रहरी कार्यालय  भालुवाङका प्रमुख र ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख ले उक्त सामाग्रीहरु बुझिलिनुभएको थियो।