Featured

पत्रकार मगरले गरे शैक्षिक सामाग्रि वितरण

अमृतमान वली, चैत्र २७ रोल्पा

रोल्पा जिल्लाको रुन्टिगडि गाउपालिका-८ मगरगोरीमा अबस्थित श्री भानु आधारभुत बिद्ययालयमा एक कार्यक्रम गरी आधरभुत बिकाश केन्द्र (सिसु) का १२ विद्यार्थी सहित कक्षा १, २,३ र ४ का ११० विध्यार्थि लाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

अनलाइन टि भि पत्रकार संघ दाङ जिल्लाका सचिब एच. आर. मगरको पहलमा साउदीमा रहनुभएका बेगम पुनले पठाउनु भयको रु ५० हजारबाट उक्त बिद्यालयका आधरभुत बिकाश केन्द्र (सिसु) कक्षा, ३ र ४ कक्षाका विद्यार्थीहरुलाई स्कुल झोला र कक्षा १ र २का विद्यार्थी लाई  कापी कलम गरी करिब ५० हजार बराबर सहयोग गर्नु भएको हो ।

बिध्यलय का प्राध्यानापक टेकेन्द्र घर्तिको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा स्कुलकि शिक्षिका दिपा बुढा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने रुन्टिगडि गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष श्रि भिम ब. पुन को प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि पुनले बेगम पुनले जस्तै अरु युवाहरुले पनि स्कुल लाई सहयोग गरेमा स्कुलको स्तर र उन्नति हुने र त्यस प्रकारका सहयाेगले निम्न बर्गका बालबालिकालाई पढाईमा थप सहयाेग हुने जानकारी दिनुभयाे ।

अनलाइन टिभि पत्रकार संघ दाङ जिल्लाका सचीव एच. आर. मगरले पनि दुर्गम क्षेत्रमा रहेको स्कुलमा आफु स्वयंम आएर सहयोग गर्न पाउदा निकै खुशी भएको र कार्यक्रम बाटै सहयोग पठाउने बेगम पुनलाई पनि विशेष धन्यवाद दिएका थिए । बिशिस्ट अतिथि विध्यलयका सुचना अधिकृत टिकाराम बुढाथोकी लगायत अम्बर बहादुर बहकरि, कृष्ण ब. साहु, तुलसी पुन, बोम बहादुर पुन, अर्जुन रोका मगर, भानु घर्ति मगर लगाएत अन्य अतिथि हरुले पनि आफ्नो मन्तव्य राखेका थिए ।

 

सहयोग स्वरुप कापि, कलम, झोला पाउदा विद्यार्थीहर पनि निकै खुशि र हर्षत भएका थिए भने कार्यक्रमको सन्चालन आर. जे. शान्तराम ले गरेका थिए ।

दार्शकको रोजाईमा ‘बस्तीपुर’को ट्रेलर

हिमाल खड्का, चैत्र २३ काठमाण्डौ 

मनोरञ्जनको क्षेत्रमा विभिन्न डिजिटल प्ल्याटफर्महरुमा वेव सिरिजहरु हेर्न दर्शकहरूको संख्या बढ्दो क्रममा रहेको छ । विभिन्न बिषयबस्तुहरुलाई आकर्षक र उत्सुकता जगाउने तरिकाले पनि प्रस्तुत गरिएकाले पनि होला अहिले एउटै वेव सिरिजका पनि थुप्रै भागहरु बन्ने गरिरहेका हुन्छन ।

पछिल्लो समय नेपाली बजारमा पनि विभिन्न वेव सिरिज बनिरहेका छन । यसै क्रममा एउटा निकै नै राम्रो बिषयबस्तु समिटिएको नेपाली वेव सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । एओन क्रीयसन प्रालिद्वारा निर्माण गरिएको नेपाली कथानक वेव सिरिज बस्तीपुरको फर्स्टलुक ट्रेलर गत सोमबार A-one Television युत्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

एओन क्रीयसन प्रालिका कार्यकारी निर्देशक अमृतमान ओलीले निर्देशन गरेको यस वेव सिरिजमा दाङको वस्तिपुर भन्ने एउटा सानो गाउँको कथालाई समेटिएकोको निर्देशक वलीले बताए ।

कमल गाउले,कुलदिप अधिकारी,अर्नवी ढुंगाना,बिरु चौधरी,झग्गु भण्डारी,हर्षिका वली,उषा दसौदी, भुलन गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको बस्तिपुरको कथा पटकथा झग्गु भण्डारीको रहेको छ ।

मनोज खड्काको पार्श्व संगीत,मिराज अर्यालको कलर करेक्सन, बिशाल रोका मगरको छायांकन भएको बस्तिपुरको सम्पादन,निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका छन । वेव सिरिज युट्युव च्यानल Aone Television मा चैत्र २५ गते देखि हेर्न सकिने समेत वलीले जानकारी दिए । एओन क्रियसन प्रा लिले  प्रस्तुत गरेको बस्तीपुरको निर्माणमा सहकार्य वली मोसन पिक्चर्सको रहेको छ।

भिडियो

निता आचार्यको “भाग्य मेरो” सार्वजनिक

भनिन्छ तन जहाँ भएपनी मन भने सदैव आफ्नै जन्मभुमि मै हुन्छ । जिवनलाई कर्मशिल बनाउनका लागि आफ्नो देश छाडेर विदेशीनु परे पनि नेपाली कला संस्कृतिलाई भुल्न निकै गाह्रो हुन्छ । बिदेशी भुमीमा रहेर नेपाली कला संस्कृति र गित संगीतलाई अत्यन्तै माया गर्ने नेपाली चेली हुन पोखरामा जन्मिएकी निता आचार्य । सानै उमेरदेखि गायनमा रुचि भएकी निता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन ।

स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गित गाएर साथिहरुलाई सुनाए पछि उनको प्रतिभा बाहिर आयो र बिद्यालयका विभिन्न संस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउन र गाउन थालिन् ।

गायन सिक्ने र एउटा राम्रो गायिका बनेर आफुलाई चिनाउने इच्छा भएकी निता विविध परिस्थितिले कक्षा दश अर्थात एस.एल.सि. पूरा गर्न साथै अमेरिका जानु पर्‍यो । तर जहाँ इच्छा त्यहा उपाय भने जस्तै अमेरिका गएर पनि नेपाली संघ संस्थाहरुले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा गित गाउन थालिन् । उनले अमेरिकामै रहेर एकजना भारतिय गुरु सँग शास्त्रीय संगीत सिक्ने अवसर पनि पाइन् र आफ्नो गायन कौशललाई अझै निखार्ने अवसर प्राप्त गरिन् ।

यति बेला यिनै निताले आफ्नै आवाजमा रेकर्डिङ गरेर “भाग्य मेरो” बोलको गित बजारमा ल्याएकी छिन । टीका कुमार पुनको शब्द, बि.बि अनुरागीको संगीत र निता आचार्यको आवाजमा रहेको “भाग्य मेरो” बोलको गित आफ्नै युट्युव च्यानल नेपाली निता ( Nepali Nita) मार्फत सार्वजनिक गरिएको छ ।

मिराज अर्यालको सम्पादन तथा छायांकन मा रिमा प्रोडक्सनद्वारा तयार पारिएको यो गितको भिडियो लाई Nepali Nita नामक युट्युव च्यानल मार्फत हेरेर माया गरिदिने सम्पुर्ण दर्शकलाई धन्यवाद दिदै आफुलाई सल्लाह सुझाव र हौसला प्रदान गर्न गायिका निता आचार्यले सम्पुर्ण दर्शकहरु सँग अनुरोध गरेकी छन ।

झलनाथ-बिपनाको अर्गानिक प्रेम जोडी,टिपिकल भिडियोले चर्चा बटुल्दै ( भिडियो सहित )

हिमाल खड्का

२८ असोज, दाङ।  आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै ठूलो जमात छ जो आफुलाई सबै माझ पुर्याउन तल्लिन छ । केही आफ्नो क्षमता प्रस्तुत गरेर सबै माझ चिनिएका छन त केही उछृङ्खलता प्रस्तुत गरेर पनि भाइरल भैरहेका हुन्छन । टिकटकमा सर्वाधिक रुचाइएर स्टार बन्ने दौडमा रहेका कत्ती टिकटक कलाकारहरु पनि अहिले कलाक्षेत्रमा प्रसस्तै देख्न सकिन्छ।

 

यस्तै टिकटकमा आफ्ना छुट्टै खालका भिडियो सामाग्री प्रस्तुत गरेर सर्वाधिक चर्चा बटुल्ने क्रममा रहेका व्यक्ति हुन झलनाथ खत्री  र बिपना केसीको जोडी । यो जोडीले हेर्दा सामान्य र सबैले जानेको अनि अनुभव गरिसकेको विषयबस्तुलाई टपक्क टिपेर उत्कृष्ट र मौलिक ढंगले टिकटक भिडियोहरु निर्माण गर्दै आएका छन।  उनका साना साना भिडियो क्लिपहरुमा यथार्थता लुकेको हुन्छ।  दुइ प्रेम जोडीहरुको माया प्रेमलाई यथार्थपरक र पुरानो शैलीमा प्रस्तुत गरिएका उनका भिडियोहरु अहिले निकै चर्चामा छन।  पछिल्लो समय निकै चर्चामा रहेको गीत   नबोली – नबोलीमा उनले एउटा पानिपुरिवालाको प्रेम प्रसंगलाई जोडेर गज्जबको भिडियो निर्माण गरेका छन।

उक्त भिडियोलाई झलनाथको अफिसियल  टिकटक आइडिमा करिव  १५ लाख भन्दा बढीले हेरिसकेका छन भने करिव १ लाख ७० हजार भन्दा बढीले लाइक पनि गरेका छन।  त्यस्तै आज भन्दा २ दिन अघि मात्रै उनले दशैंको मुखैमा घोडामा चामल बोकेर गाउँ गाउँ  बेच्ने घोडेवालको लुकेको प्रेमलाई घुमाउरो तर सबैले बुझ्ने गरि पस्केका छन जुन यथार्थपरक र टिपिकल देखिन्छ।  यो भिडियो पनि सर्वाधिक रुचाइएको छ।  अहिलेसम्म टिकटकमा यो भिडियोलाई पनि करिव २ लाख ८० हजारले हेरिसकेका छन। हालसम्म उनले टिकटकमा ७० हजार भन्दा बढी फ्यान फ़्लोइङ्ग कमाइसकेका छन्।

पछिल्लो समय उनिहरुका भिडियो हरुलाई सबैले मन पराएर फेसबूकमा पनि सेयर गर्नेगरेका छन्।  नेपालका चर्चित गायक नारायण रायमाझी,पत्रकार दिल निशानी मगर,शिशिर भण्डारी लगायतले उनको भिडियोहरु सेयर गर्दै थियटर मा प्रस्तुत हुने खालको कला प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।  अहिले विभिन्न सामाजिक संजालमा उनिहरुका  भिडियो हेर्नेहरुबाट सकारात्मक टिप्पणी र हौसाला प्रदान भैरहेका  छन्।

बबई गाउपालिका वडा नम्बर ३ को एउटा सामान्य परिवारमा जन्मिएका झलनाथ र सल्यान जिल्लामा जन्मिएकी बिपना केसी कलाकारिता आफ्नो रुचिको क्षेत्र रहेको र निकट भविष्यमा आफुहरु  यस क्षेत्रमै स्थापित हुन चाहेको बताउछन।  हामि पनि उनीहरुको  कला र क्षमताको सम्मान गर्दछौं र उज्ज्वल भविष्यको पनि कामना गर्दछौं।

घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर कम्मर भाँचियो,उपचार खर्च जुट्याउनै सकस

हिरालाल खड्का

 २७ असोज, दाङ। बडा दशैं हर्षोल्लासको एउटा पर्व जुन हिन्दू धर्मालम्विहरुको महान चाड हो । जब दशैं नजिकैदै गर्छ तब मानिसहरु आफु बस्ने घरलाई रङ्गिन बनाउनतर्फ लाग्छन । शहरीयाहरु फरक फरक खालका रङहरुले आफ्ना घर सजाउन थाल्छन भने गाउलेहरु गज्जबको कमेरो माटो लिएर आफ्नो घरमा धपक्क बल्ने गरी लिपेर घर रङ्गाउने कार्यमा जुट्छन ।

यसपालिको दशैं कोरोनाले गर्दा रङ्गिन हुन नसक्ने देखिए पनि आफ्नो घर रङ्गिन बनाउने योजना थियो बबई गाउपालिका वडा नम्बर ३ कि दिपा केसीको । तर भाविको खेल अर्कै भयो , अहिले उनी काठमाडौंको टिचिङ हस्पिटलको शैयामा छटपटाईरहेकी छिन । घटना गएको १९ गतेको हो। घर लिप्नका लागि कमेरो माटो ल्याउन उनी घरदेखी केही टाढा रहेको जङलमा गईन ।

त्यहाका बासिन्दाहरुले कमेरो ल्याउनका लागि खनिएको ठाउँ निकै गहिर भएको रहिछ । उनी पनि त्यही खाडलमा पसेर कमेरो निकाल्न शुरु गरिन । तर एकैछिनमा अकास्मात माथिबाट माटोको ढिस्को खसेर उनी त्यही खाडलमा पुरीन पुगिन । पछी नजिकै रहेका अन्य व्यक्तिहरुले उनलाई त्यहाबाट उद्दार गरे र नजिकैको शहर तुलसिपुरमा उपचारका लागि लगियो । तर त्यहा उपचार सम्भब नदेखिएपछी उनलाई काठमाडौं रिफर गरियो । उनी अहिले काठमाडौंको टिचिङ हस्पिटलमा उपचाररत छिन । उनको शरीररका धेरै जस्तो भागहरु भचिएको छ। कम्मरदेखि मुनिको कुनै पनि भाग चल्दैन।

उपचारको लागि करीब १० देखी १२ लाख खर्च लाग्ने भएको दिपाका पती रुद्र केसिले हामीलाई जानकारी गराएका छन । मध्यम बर्गिया परिवारका उनिहरुलाइ अहिले १२ लाख जुट्याउन निकै सकस परेको छ। कोरोनाले गर्दा आफु पनि कमाउन कतै जान नसकेको र दशैंको मुखैमा दशा लागेपछि आफु अब कसरी अगाडि बढ्ने भनेर केही पनि सोच्न नसेकोको पिडा केसिले हामी सँग व्यक्त गरे ।

केसी भन्छन ‘सिधै माग्न पनि सकिदैन,नमागेर उपचार गराउन कठिन पर्ने अवस्था छ यस्तो अवस्थामा को सँग गुहार माग्ने ‘ उनको यो पिडाले भरिएको बोलीलाई महसुस गरेर हामीले यो लेखलाइ समाचार मात्रै भन्दा पनि एउटा सहयोगको अपिलका रुपमा सम्प्रेषण गरेका छौं। सक्नुहुन्छ भने दिपा केसीका लागि सक्दो सहयोग गरिदिनुहोला र उनको दशैंलाई सुभ बनाउने कोसिस गर्नुहोला।

कमल गाउलेको धमाकेदार गाईजात्रा-२०७७ सार्वजनिक

हिमाल खड्का  
साउन ०८ | चर्चित हास्यव्यंग कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका बिच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा कार्यक्रमका सभापति कमल गाउले ले आफू २०औं वर्ष पहिलेदेखि समसामयिक बिषयबस्तुमा हरेक गाइजात्रामा व्यंग्य गर्दै आइरहेको र यसपटक पनि भ्रष्टाचार र बेथितिलाई बिशेश व्यंग गरेर यो गाइजात्रा तयार पारेको बताउनुभयो । त्यस्तै गाइजात्रालाई हेरिसकेपछी अन्त्यमा प्रतिक्रिया दिदै कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले गाइजात्रा एकदमै उत्कृष्ट भएको र समसामयिक बिषयलाई टपक्क टिपेर गाइजात्रा बनाएकोमा कमल गाउलेलाई धन्यवाद दिदै बधाई ज्ञापन गर्नुभयो । देशमा बेथिती र भ्रष्टाचार बढेको बताउदै यस्ता लेख रचनाले मात्रै नभएर अन्य माध्यम बाट पनि युवावर्गहरुले बेथिति विरुद्ध आवाज उठाउनपर्ने शर्माले बताउनुभयो । कमल गाउलेको सभापतित्व रहेको कार्यक्रममा नारायण प्रसाद शर्मा प्रमुख अतिथी रहनुभएको थियो । अतिथिहरुमा पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासन, एओन टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वली,जेसिज घोराहीका उपाध्यक्ष जगत जिएम,वरिष्ठ पत्रकार सुशील गौतम लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार निमु संगम घर्तिले गर्नुभएको थियो ।

बिबाह खर्च कटाएर विद्यालयलाई रु १,५०,००० सहयोग

अमृतमान वली
दाङ बैशाख २६ | दाङका नवविवाहित एक जोडीले विवाहको खर्च कटाएर विद्यालयलाई रु १५०००० बराबरको पुस्तकालय निर्माण गर्ने घोषणा गरेका छन् ।

दाङ्गको बबई गाउपालिका-२ ट्वाङ्गखोलाका स्थायी वासिन्दा नेपाल बिधुत प्राधिकरण अमुवा वितरण केन्द्र रुपन्देहीका प्रशासन प्रमुख तथा नेपाल ट्रेडयुनियन कांग्रेस प्रदेश न. ५ का युवा समिति सचिव रहेका सुरेन्द्र के.सी. र सल्यान जिल्ला क्षत्रेश्वरी गाउपालिका-३ निवासी तथा रोल्पा नगरपालिका लिवाङ्गमा कार्यरत सव-ओभरसियर मिना खड्का बिच मिति २०७७/०१/२५ गते सु-संम्पन्न भएको शुभ बिवाहको अवसरमा बबई गाउपालिका-३ हंसपुरमा अवस्थित पुरन्धारा बहुमुखी क्याम्पसमा आफ्नो बिबाह खर्च कटौती गरि सार्बजनिक पुस्तकालय स्थापना गर्ने घोषणा गरेका हुन् ।

पछिल्लो समय इन्टरनेट क्रान्तिका कारण पुस्तकको महत्वमा कमजोर आकलन भैरहेको तथा युवा पुस्तामा पुस्तकहरु खोजेर अध्ययन गर्ने बानी कम हुदै गैरहेकोले अध्ययनका लागी प्रेरणा र पढ्ने बानीको बिकास गर्न तथा ज्ञान आर्जनका लागी पुस्तक प्रमुख र महत्व पूर्ण श्रोत हो भन्ने मान्यताका साथ पुस्तकालय स्थापना गर्ने सोच बनाएको केसी दम्पतीले A-one Television संग बताए ।

पक्कै पनि यस्ता विवाह, व्रतबन्ध तथा विभिन्न सभा समारोहका नाममा गरिने अनावश्यक फजुल खर्चहरुको कटौती गर्नु अनुकरणीय कार्य नै हो । के.सी. दम्पतीद्वारा गरिएको उक्त कार्य प्रसंसनिय मात्र नभई यसले समाजमा शिक्षा नै मानिसलाई सचेत, विवेकी तथा साच्चिकै मानवीय बन्न प्रेरित गर्ने पहिलो माध्यम हो भन्ने मान्यतालाई थप मजबुत बनाउदै शैक्षिक तथा सामाजिक क्षेत्रमा अवस्य पनि सकारात्मक सन्देश दिनेछ ।
पछिल्लो समय बिवाह पार्टीका नाममा एक-अर्कामा प्रतिस्पर्धा गर्दै धेरै खर्च गरे समाजमा मान प्रतिस्ठा बढ्ने भ्रामक सोचका कारण चल्दै गएको कुरीतिलाई के.सी.दम्पतीले रोजेको बटोले ठुलो झापट दिदै सकारात्मक सोचको बिकास गर्नमा समेत सहयोग पुर्याउनेछ ।

 

बाख्रा चराउन गएकै बेला बलात्कृत भएकी १६ बर्षिया बालिका यस्तो भन्छिन | हेर्नुहोस भिडियो

हिमाल खड्का
दाङ बैशाख २४ | दाङमा जबरजस्ती करणीको एउटा घटना घटेको छ। दाङको शान्तिनगर गाउँपालिकां ४ कि १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका ८ चखौरा का २२ बर्षीय सचिन चौधरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए ।
शनिवार जंगल नजिकै रहेको खेतमा गाई बाख्रा चराउन गएको अवस्थामा ति बालिकालाई बजरजस्ती करणी गरेको आरोप लागेका चौधरी भाग्दै गरेको अबस्थामा बालापुर प्रहरी चौकिबाट खटिएको टोलिले दाङ्को चखौराबाट पक्राउ गरेको हो । घटनाकि पिडित १६ वर्षीया बालिका संग हाम्रा सहकर्मी अमृतमान वलीले कुराकानी गरेकाछन । हेर्नुहोस उनीसंग गरिएको कुराकानी ।

खाली खुट्टै हिडेका पैदालयात्रीलाई चप्पल वितरण | Dang

हिमाल खड्का

बैशाख ०८ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई केही दिन देखि नास्ता खुवाउने अभियान संचालन गरिरहेको छ । प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरिरहेको र अबदेखी चप्पल बिना पैदल हिडेर आएका र खुट्टा सुन्निएर हिड्न नसक्ने अबस्थामा भएका पैदलयात्रीहरुलाइ चप्पल बितरण गर्ने र गन्तव्य स्थलसम्म पुर्याउने गरिएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले जानकारी गराउनु भयो ।

 

बैशाख ४ गते देखि शुरु गरिएको यस अभियानमा विभिन्न सहयोगीदाताहरुले पनि सहयोग गरिरहनु भएको छ । यसै क्रममा सन्तोष रिजाल भालुवाङ हाल दुबई बाट रु ५०००,दीपेन्द्र बिक्रम जि सि भालुवाङ हाल दुबई बाट रु ५०००,कुसुम मगर गढवा गाउपालिका कर्मचारी बाट ५०००, दाङको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी बाट १२ कार्टुन चाउचाउ,१ बोरि चिउरा लुज ग्लोबस सेनिटाइजर लगायतका सामाग्रीहरु,दुर्गा फलफुल पसल भालुवाङ बाट ४ क्यारेट फलफुल,अमृत जनस्वास्थ्य भालुवाङ बाट ३ कार्टुन बिस्कुट र चाउचाउ, लेखनाथ भुसाल भालुवाङबाट ५ पेटि पानी र २ कार्टुन चाउचाउ,लक्ष्मी खनाल भालुवाङ बाट ५ पेटि पानी र १ कार्टुन चाउचाउ,कल्पना शाही भालुवाङ बाट ५ पेटि पानी र १ कार्टुन चाउचाउ,दिपेश पाठक भालुवाङ बाट ५ पेटि पानी र २ कार्टुन चाउचाउ,भुवन केसि भालुवाङ बाट ३ कार्टुन चाउचाउ,हिमा मरासिनि भालुवाङ हेल्थ पोस्टकि सिनियर अनमी बाट ५ पेटि पानी,हेमन्त मरासिनी भालुवाङ बाट ५ पेटि पानी,सरस्वती श्रेष्ठ (मरासिनी) भालुवाङ बाट ५ पेटि पानी र कल्पना पछाई भालुवाङ बाट ३ कार्टुन चाउचाउ र बिस्कुट सहयोग प्राप्त भएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनी जानकारी गराउनुभयो । यो अभियान लकडाउन अबधिभर संचालन गरिने पनि उहाले जानकारी गराउनुभएको छ ।

इन्द्रेणी युवा क्लबको अभियान,पैदलयात्रीलाई खाजा र पानी बितरण

हिमाल खड्का
बैशाख ६ दाङ | राप्ती गाउँपालिका वडा न. १ दाङ्ग स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई नास्ता खुवाउने अभियान संचालन गरेको छ ।प्रत्येकलाई एउटा चाउचाउ,एउटा बिस्कुट,चिउरा र एक बोतल पानी बाडिने गरेको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभयो । बैशाख ४ गते देखि शुरु गरिएको अभियानमा शुरुआतमा क्लबका सद्स्यहरुले ब्यक्तिगत रुपमा पैसा उठाएर सहयोग गरिएकोमा अहिले विभिन्न सहयोगीदाताहरु थपिनेक्रम बढिरहेको क्लबले जानकारी गराएको छ । क्लबले बैशाख ४ गते २६५ जना र बैशाख ५ गते २४० जनालाई खाजा खुवाईएको र अब अझै थप ब्यबस्थापन सहित अभियानलाई निरन्तरता दिने क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभएको छ।

अहिले सम्मको खाजा ब्यबस्थापनका लागि आङ दावा शेर्पा (भालुबाङ) बाट रु. ५,०००, गायक तथा समाजसेवी बिक्रम राना (लालमटिया) बाट रु २,५०० र ७० जोडि चप्पल, मान बहादुर जि. सि.(भालुबाङ) बाट रु १,०००,डुल प्रसाद श्रेष्ठ ( राजु) भालुबाङ बाट रु ५००,भरत खड्का भालुबाङ हाल अमेरिका बाट रु ५,०००,क्याप्टेन शरद मरासिनी भालुबाङ्ग हाल पाकिस्तान बाट रु ५,०००, शिशिर मरासिनी भालुबाङ्ग हाल भर्जिनिया अमेरिका बाट ५,१०० र क्लब का अध्यक्ष भिम बहादुर मरासिनी बाट रु. २,००० नगद रकम सहयोग भएको र जिन्सी तर्फ महेन्द्र खनाल (भालुवाङ) बाट ३ बोरि चिउरा, ईलाका प्रहरी कार्यालय भालुबाङकि प्रहरि हवल्दार सीता बस्नेत बाट १० किलो चिउरा,इभरल्यान्ड होटेल भालुवाङ बाट चाउचाउ र बिस्कुट गरि ५ पेटि र २० किलो चिउरा, कृष्ण प्रसाद खनाल (भालुबाङ) बाट ४ पेटि चाउचाउ, खवाय होटेलका संचालक राम बहादुर पुन बाट २ पेटि चाउचाउ,प्रदिप न्यौपाने (भालुबाङ) ८ पेटि मिनरल वाटर, राम बहादुर रोका (भालुबाङ) ४ पेटि मिनरल वाटर सहयोग गरिएको क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले बताउनुभयो । लोक गायक बिक्रम रानाले दिएको बच्चा र महिला पुरुषले लगाउन मिल्ने खालको १०० जोर बराबरको चप्पल खाली खुट्टा हिडिरहेका विभिन्न पैदलयात्रीहरुलाई बाड्ने गरिएको छ । साथै क्लबले गाडीको ब्यबस्थापन गरेर पैदल यात्रीहरलाई दाङको सिमानासम्म पुर्याउदै आएकोमा जिल्ला प्रसासनले रोक लगाएपछि अहिले राप्ती गाउपालिकाको अन्तिम सिमानासम्म पुर्याउने गरिएको र आशाका किरण सस्था भालुबाङ्गका सदस्यहरु स्वयंसेवकका रुपमा क्लबलाई सघाउन आउनु भएको छ । क्लबको ब्यानर ओम फोटो स्टुडियो भालुबाङ्गको तर्फबाट सौजन्य प्राप्त भएको समेत क्ल्बका अध्यक्षले जानकारी गराउनुभयो ।