चोरी गरि भागेका थुनुवा भारतकाे काेईलाबास क्षेत्रबाट पक्राउ

टंक मल्ल

 २५ भदौ, काठमाडौं सरकारी वकिल कार्यालय घाेराहीबाट भागेका थुनुवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । भदाै २३ गते विहिवार म्याद थपकालागी सरकारी वकिल कार्यालयमा लगेकाे समयका भागेका थुनुवालाई प्रहरीले नेपाल भारतकाे सिमानामा रहेकाे काेईलाबास क्षेत्रबाट पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलन गरेर पक्राउ परेका घाेराही उपमहानगरपालिका १७ का लक्ष्मण विश्वकर्मालाई सार्वजनिक गरेकाे छ । भदाै २२ गते घाेराही १० डाेक्रेना चाेकमा रहेकाे रहेकाे एक घरमा चाेरी गरि भाग्दै गरेकाे अवसरमा पक्राउ परेका बिकलाई म्याद थपकालागी प्रहरीले सरकारी वकिल कार्यालयमा शाैचालय जान्छु भनि शाैचालयकाे झ्याल फाेडेर भागेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर ओलीले जानकारी दिनुभयाे ।
भागेकाे २९ घण्टापछि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गाैतमकाे नेतृत्वमा गएकाे प्रहरी टाेलीले २४ गते राति पक्राउ गरेकाे वलीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कलश सहकारी संस्थाद्धारा रक्तदान

Sun Sep 11 , 2022
दाङ, भदौ २६  । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले हिजो शनिवार एक कार्यक्रम गरी रक्तदान गरेको छ । सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक र शेयर सदस्य गरी १३ जनाले रक्तदान गरेका छन ।कलश बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिका संयोजक केशव […]