टंक मल्ल असोज ८,काठमाण्डौं। आशादीप नेपालमा युवाहरुको समुहले शनिबारका दिन सहयोग वितरण गरेका छन् । प्रशान्त कुमार आग्री, दिपा आग्री, मदन गजमेर,अशोक बि.क, अमर सिंह पन्त, केशव कार्की, सुबोल थापा,गौरव बि.क,सुशील आग्री लगायतका युवा समुहले आउदै गरेको बडा दशैको लागि हुने आफ्नो खर्च कटौति गरी सहयोग गरेका हुन् । आशादीप […]
अपडेट
असोज ७ बुटवल । बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।दर्जनौं म्युजिक भिडियो निर्माण गरेका र आफै अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर […]
हिरालाल खड्का असोज ५ चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ । आज बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको रहसी […]
तुलसीपुर ५ असोज । तुलसीपुर उपमहानगरपालिकाले टरिगाउँ विमानस्थल(धावनमार्ग) विस्तारका लागि सक्रियता बढाएको छ । २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल धावनमार्गमा पटक पटक सञ्चालन हुँदै बन्द हुँदै आएको छ । पछिल्लो पटक तुलसीपुर उपमहानगरपालिकाकै सक्रियतामा सञ्चालन हुँदै आएको छ । अहिले हप्तामा पाँच दिन उडान हुँदै आएको छ । सात […]
अमृतमान वली असाेज ५ राेल्पा । भीरबाट लडेर राेल्पा गंगादेव गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गंगादेव गाउँपालिका -२ डाँडागाउँ बस्ने २५ वर्षिय अनिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। अनिता सुनारर बुधबार बिहान करिब ८ बजेतिर घाँस काटनकाे लागि गएको अवस्थामा स्थानीय खानिपाखा सामुदायिक वनकाे […]
दाङ, ४ असोज । हाम्रो पहुँच तेक्वान्दो डोजाङको कोमल वली नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट हुनुभएको छ । प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लाग्नुभएको हो । वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम हुनुभएको हो […]
तुलसीपुर, ३ असोज । दाङको तुलसीपुरमा ‘अप्टिमिस्ट’ क्लब सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा सक्रिय ब्यक्ती मानबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालनमा आएको क्लबले आफ्ना गतिबिधि अगाडी बढाएको छ । क्लबको आईतबार पहिलो बैठक बसेको छ । बैठकले कार्य समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा बस्नेतसहित उपाध्यक्षमा कमल साप्कोटा, सचिबमा एकराज भण्डारी, […]
दाङ,१ असोज । कुनै समय चुलोचौकोमै सीमित हुने महिलाहरु पछिल्लो समय सामाजिक क्षेत्रमा पनि सक्रिय हुन थालेका छन् । लघुवित्तमा जोडिएपछि अहिले महिलाहरु उद्यममा जोडिएर आम्दानी गर्दै आएका छन् । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था तुलसीपुर शाखामा आबद्ध समूह ३१ की प्रमुख लक्ष्मी गिरीले कुनै समय गाउँ घरमा पैसा सापटी माग्दा […]
दाङ,१ असोज । हिजो शुक्रबार अटोमा आगो लगाउने कार्यमा संलग्न २ जना पक्राउ भएका छन । ललितपुर महानगरपालिका वडा न.१७ कृष्ट हास्पिटल चोक स्थाई घर भई हाल दाङ जिल्लाको घोराही उपमहानगरपालीका वडा न.१५ मा बस्ने बर्ष २३ का मिलन पौडेल र बाग्लुङ जिल्लाकी वडा न.२ ढाड स्थाई घर भई हाल […]
भदाै ३१, सल्यान । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि देशभर ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरिएकाे छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका […]